आइएसका मुख्य नेता अबु वाहिब मारिए
5:57 AM![]()
![]() |
अमेरिका नेतृत्वको गठबन्धन सेनाले इराकको अनबर प्रान्तमा गरेको हवाई आक्रमणको क्रममा आइएसका मुख्य नेता अबु वाहिब मारिएको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले जनाएको हो ।
वाहिब अल कायदा इराकका पूर्व सदस्य पनि हुन् । उनी शुक्रबार अनबरमा भएको आक्रमणको क्रममा मारिएको पेन्टागनले उल्लेख गरेको छ । वाहिब यसअघि पनि विभिन्न पटक मारिएको खबर आएको थिए, तर पछि उनी जीवितै रहेको प्रमाणित भएको थियो ।
तर यसपटक भने उनी वास्तवमै मारिएको पेन्टागनका अधिकारीले बताएका छन् । अनबर प्रान्तको रुत्बा शहरमा यात्रा गरिरहेका बेला वाहिब मारिएको पेन्टागनका प्रवक्ता पिटर कुकले बताएका छन् ।
नेता वाहिबसँग आक्रमण अरु तीन जना लडाकु पनि मारिएका थिए । वाहिब अनबर प्रान्तका लागि आइएसका सैन्य प्रमुख रहेको दाबी छ । कम्प्युटर साइन्सका पूर्व विद्यार्थी वाहिको जन्म सन् १९८६ मा भएको
![]() |

0 comments