रेखा थापाको हिरो कामेश्वर चौरसिया

6:09 AM

वैशाख २८, २०७३- गत वर्षको फिल्म ‘रेसम फिलिली’मा हरियाको चरित्रबाट चर्चित भएका अभिनेता कामेश्वर चौरसिया अब रेखा थापाको जोडी बन्ने भएका छन् ।

रंगमञ्च हुँदै मल्टिप्लेक्सका दर्शकका माझ परिचित कामेश्वर पहिलोचोटी ‘पलाँस’ नामक फिल्ममा स्थापित अभिनेत्रीको ‘हिरो’का रुपमा देखिन लागेका हुन् । रेखाले मुख्य भूमिकामा अभिनय गरेको फिल्म ‘रामप्यारी’ केही अघि प्रदर्शनमा आएको थियो । कामेश्वरले अभिनय गरेको फिल्म ‘संरक्षण’ प्रदर्शनको क्रममा छ ।

रेखा र कामेश्वरको जोडी बनाउने काम भने निर्देशक सुवास कोइराला र निर्मात्री कृषा चौलागाईंले गरेका हुन् । फिल्मको जेठ १ गतेबाट सुटिङ सुरु हुने निर्मात्री चौलागाईंले बताइन् ।


प्रकाशित: वैशाख २८, २०७३

You Might Also Like

0 comments