आजदेखि सांसद कप क्रिकेट

8:13 PM

वैशाख २८, २०७३- दोस्रो सांसद कप क्रिकेट प्रतियोगिता कलैयाको सिद्धेश्वर खेल मैदानमा मंगलबारदेखि सुरु हुँदै छ । जिल्ला क्रिकेट संघ बाराको आयोजनामा खेल हुने प्रतियोगितामा ५ टिमको सहभागिता रहनेछ । प्रतियोगिता जेठ ३ गतेसम्म सञ्चालन हुनेछ ।

राउन्ड रोबिनका आधारमा खेलाइने उक्त प्रतियोगितामा नेपालबाट विराटनगर, जनकपुर, कलैया, भैरहवा तथा भारतको तर्फबाट राँचीको टिम सहभागी हुने प्रेस संयोजक सुभाष जयसवालले बताए । गत वर्षको पहिलो सभासद कप क्रिकेट प्रतियोगितामा विराट क्रिकेट सोसाइटी विराटनगर विजेता बनेको थियो ।

प्रतियोगिता सञ्चालनका लागि क्षेत्र नम्बर ३ का सांसद फरमुल्लाह मंसुरले एक लाख सहयोग गरेका छन् । प्रतियोगिताको मुख्य प्रायोजक जगदम्बा इन्टरप्राइजेज, सहप्रायोजक शिवशक्ति ग्रुप, कलश सिमेन्ट, एनआईसी एसिया बैंक, बारा निर्माण व्यवसायी संघ, कलैया नगरपालिका र जिविस छन् । १० लाखको खर्चमा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक क्रिकेट संघका अध्यक्ष प्रभात चौरसियाले बताए

You Might Also Like

0 comments