अन्तर्राष्ट्रिय कराँतेमा ११ वर्षीय विशाकले स्वर्ण जिते
1:50 AM![]()
![]() |
पेराकमा जारी ओकिनावा गोजु र्यू अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा विशाकले ११ वर्षमुनिको कुमितेतर्फको प्रतिस्पर्धामा मलेसियाका खेलाडीलाई पराजित गर्दै स्वर्ण पदक जित्न सफल भएका हुन् ।स्वर्ण जित्ने क्रममा विशाकले मलेसियाका खेलाडीलाई २ का विरुद्ध ५ ले पछि पारेका थिए ।
यसअघि सोही प्रतियोगितामा नेपालका लागि कातातर्फबाट रोशन श्रेष्ठले रजत पदक जितेका थिए ।
दुबई र मलेसियाका खेलाडीलाई पराजित गर्दै फाइनल यात्रा तय गरेका उनले फाइनलमा इन्डोनेशियाका खेलाडीसँग ३-२ ले पराजित हुँदै रजत पदक जितेका थिए ।
![]() |

0 comments