प्याज सेवन गर्नुको विभिन्न फाईदाहरु

10:02 PM

डिसीनेपाल डटकम – प्याजलाई गरीबको स्याउ भन्ने प्रचलन छन् । आयुर्वेदमा प्याजलाई निकै गुणकारी मानिन्छ साथै भान्छामा निकै प्रयोग हुने प्याजले खानालाई स्वादिष्ट बनाउने कार्य गर्दछ । हामीले खानाको स्वादको लागि प्रयोग गर्दै आएको प्याज आयुर्वेद औषधिको लागि रामबाण सावित हुने गर्छ । आज हामी प्याजको सेवनले हुने फाईदाहरुको बारेमा बताउनेछौँ ।
प्रतिरोधक क्षमतामा वृद्धि
प्याजले शरीरमा रोगसँग लड्ने क्षमताको वृद्धि गर्दछ । भिटामिन सि पाईने हुनाले यसले कुनै पनि रोगबाट सजिलै संक्रमण हुन दिँदैन ।
क्यान्सर रोकथाममा सहयोगी
प्याजमा पाईने भिटामिन सी र एन्टीअक्सिडेन्टले क्यान्सर जस्तो भयानक रोगमा यो निकै लाभदायक मानिन्छ ।
यौन क्षमता वृद्धि गर्छ
प्याजलाई यौन चाहना बढाउने तत्वको रुपमा पनि लिईन्छ । प्याज सेवनले यौन क्षमतामा वृद्धि गर्दछ । खाद्य विशेषज्ञले प्याजलाई यौन दुर्बलता हटाउने औषधिको रुपमा लिने गर्दछन् ।
मधुमेह रोगको लागि रामबाण
प्याज मधुमेह रोगीहरुका लागि निकै गुणकारी मानिन्छ । यसले शरीरमा इन्सुलिनको मात्रा बढाउँदछ । त्यस्तै रगतमा हुने चिनीको मात्रालाई सन्तुलनमा राख्दछ ।
पाचन क्षमतालाई बढाउँछ 
प्याजले शरीरको पाचन तन्तुलाई तन्दुरुस्त राख्दछ । प्याज खानाले खानालाई सजिलै पचाउन सहयोग गर्दछ । किनकी प्याज सेवनले शरीरमा हुने पाचक रसको प्रभाव बढाउँछ ।
त्वचाको लागि फाईदाजनक
प्याजमा एन्टीअक्सिडेन्ट भरपूर मात्रामा पाईन्छ । भिटामिन ए, सी तथा ई को कारण प्याजको सेवनले त्वचामा निखार आउँछ ।

You Might Also Like

0 comments