बाबाजीको झोलामा शंखसँगै दुईथान पेस्तोल !
8:57 AM![]()
![]() |
यसअघि फिल्महरुमा साधुहरुले हतियारसहित अन्य अनैतिक कामहरु गर्दै आएको दृश्य हामीले हेर्दै आए पनि प्रत्यक्ष देखिएको थिएन । तर, सिराहाबाट यथार्थमै एकजना साधु हतियारसहित पक्राउ परेका छन् ।
त्रिशुलधारी बाबाजीको भेषधारण गरेका ती व्यक्तिको झोलाबाट सिराहा प्रहरीले आइतबार राति दुई थान कटुवा पेस्तोल बरामद गरेको छ । भारतीय नम्बरको मोटरसाइकल पछाडि सवार ती व्यक्ति हातमा त्रिशुल र कमण्डलुसमेत बोकेका हिँडेका थिए।
सिरहाको हर्कटी गाविस १ निवासी उनी ५५ वर्षीय बाबाजी भुटाइ सदाय हुन् । बाबाजीको झोलाबाट हतियार बरामद भएको सिराहाका डीएसपी एकनारायण कोइरालाले जानकारी दिए ।
उनीसहित मोटरसाइकल चालक सोही गाविस ५ बस्ने ४५ बषर्ीय हरिगोविन्द यादवलाई पनि पक्राउ परेका छन् । प्रहरीले नियन्त्रणमा लिएपश्चात उनीहरुले घरमा खानतलासी गर्दा एक थान इटालियन पेस्तोलसमेत बरामद भएको डीएसपी कोइरालाले बताए ।
जिल्ला प्रहरी कार्यालय सिराहाबाट खटिएको प्रहरीले उनीहरुलाई विशेष सूचनाका आधारमा औरही-धनगढी सडक खण्डस्थित सुखीपुर गाविस-७ दैहीपौडीबाट पक्राउ गरिएको प्रहरीको भनाइ छ ।
सदाय र यादव बीआर-३२ एफ १६०३ नम्बरको भारतीइ मोटरसाइकलमा सवार भएको अवस्थामा चेकजाँज गर्दा वायाँ हातमा त्रिशुल र कमण्डलु बोकेका सदायको काँधमा झुण्डिएको रातो रंगको झोलाबाट दुई थान कटुवा पेस्तोल र एउटा शंख बरामद भएको हो ।
उनीहरु विगत ८ वर्षदेखि भारतीय बजारबाट हतियार भित्र जानकारी दिए ।
२०७३ वैशाख ६ गते २१:
![]() |

0 comments