बेलायतबाट स्वदेश फर्केर पोखरामा ‘डाँडाघरे वाइन’

9:06 AM

६ वैशाख, काठमाडौं । साढे चार दशकअघि पोखराका झलक थापा इंग्ल्यान्डमा चराहरुको अध्ययन गर्न गएका थिए । अध्ययनको शिलशिलामा त्यहाँ उनले हल्का वाइन देख्ने मौका पाए ।
त्यतिबेला नेपालमा वाइन शब्द भित्रिएको थियो, तर वाइन चाहिँ भित्रिसकेको थिएन । विकशित मुलुकमा भने वाइनको उपयोग बढिसकेको थियो । इंग्ल्यान्डमा वाइन देखेपछि थापाले नेपालमा पनि उत्पादन गर्ने सोच बनाइहाले ।
वाइन त उत्पादन गर्ने, तर कसरी ? यसका लागि उनले इंग्ल्याण्डबाट अमेरिकन, बि्रटिस, फ्रेञ्च, साउथ अफि्रकन, इटालियन, अष्ट्रेलियन वाइनका बारेमा लेखिएका किताबहरु किनेर नेपाल फर्किए ।
नेपालमा वाइन पिउने चलन थिएन । तत्कालै वाइन उत्पादन सुरु गर्ने अवस्था भएन । त्यसपछि थापाले वाइनका कितावहरु अध्ययन गर्न थाले । विभिन्न टेष्टका वाइनहरु बनाएर परीक्षण गरे । नेपालमा वाइन उत्पादन गर्न बजार तथा कानुनी मान्यताको खोजी गर्दै हिँड्दा उनको संघर्षले बल्ल ०६३ सालमा मूर्त रुप लियो ।सुन्दर पोखराको, सुन्दर कोशेली, सुन्दर मनहरुका लागि’ भन्ने नारासहित थापाले ‘डाँडाघरे वाइन’ बजारमा ल्याए ।नेपाली कच्चा पदार्थमा आधारित मौलिक स्वादको डाँडाघरे वाइन सुरुमै लोकिप्रय बन्यो । जहाँबाट नेपालमा वाइन आयात गरिन्थ्यो, त्यही देशहरुमा डाँडाघरे वाइन निर्यात समेत हुन थाल्यो ।
dadaghare-wine

You Might Also Like

0 comments