यसरी खनिए बाबुराममाथि दुई खनाल

6:57 PM

काठमाडौँ ३ वैशाख । नयाँ शक्ति नामक पार्टी गठन नहुँदै विवादको भूमरीमा नराम्ररी फसेको छ । वैशाख लाग्ने वित्तिकै नयाँ पार्टी घोषणा गर्ने भनिएपनि आन्तरिक विवादका कारण पछाडि धकेलिएको छ । पछिल्लो दिनमा पूर्व माओवादी र पूर्व प्रशासकहरुको झगडाका कारण बाबुरामलाई नयाँ शक्ति निल्नु र ओकल्नुको अवस्थामा पु¥याइदिएको छ ।
पूर्व माओवादी र पूर्व प्रशासकको सोच, चिन्तन, कार्यशैली केही पनि मिल्दैन, जो जसलाई भेटे पनि केन्द्रीय अन्तरिम परिषद्को सदस्य भन्दै नाम सार्वजनिक गर्ने, राजनीतिक चरित्र र चिन्तन नै नभएकालाई समेत ठूला ठूला पद र प्रतिष्ठा दिएको भन्दै पूर्व सचिव रामेश्वर खनाल र बुर्जुवा समाजले वाम विश्लेषकको बिल्ला भिराइदिएको पूर्व माओवादी मुमाराम खनाल डा भट्टराई विरुद्ध आगो भएका छन् ।
पूरानै कार्यशैलीअनुसार अगाडि बढ्न खोजेको, कुनै नविन सोच नभएको , विगतमा अपराधिक कर्ममा सहभागी भएका, भ्रष्टाचारी र दूराचारीलाई समेत बाबुरामले ठाँउ दिएको भन्दै खनालद्वयले बाबुराम विरुद्ध युद्धको ऐलान नै छाड्ेका छन् ।
पार्टी बनाउने कि क्लब बनाउने हो भन्दै खनालद्वयले बाबुरामसँग प्रश्न गरेपछि देवेन्द्र पौडेल, गंगानारायण श्रेष्ठलगायतसँग भनाभन नै भएको स्रोतको दावी छ । नयाँ शक्तिका एक सचिवालय सदस्यकाअनुसार बाबुरामले पूर्व माओवादीलाई छाडा छोडेको भन्दै पूर्व प्रशासक एवम् गैर राजनीतिक चिन्तन भएकाहरु पूर्ण रुपमा असन्तुस्ट भएका छन् । बाबुरामले गरि खाँदैनन् यी पहिलो हुन सक्दैनन् अरुले बनाइदिएको पार्टीमा बसेर निहु मात्रै खोज्न सक्छन् भन्ने तथ्य चरितार्थ हुँदै गएको छ
राजनीतिक आधार बिनाको पार्टी बन्न सक्दैन , पार्टी सामान्य तरिकाले पनि बन्न सक्दैन यो विधि हो र प्राकृतिक सिद्धान्त पनि हो । तर प्रकृति विरुद्ध गएर बाबुरामले मानिस भेला पारेको तर कुनै न कुनै रुपमा नियन्त्रण राख्न नसकेको भन्दै रामेश्वर खनालले त चेतावनी नै दिएका छन् । पछिल्लो पटक विद्यार्थी, प्राध्यापक र पत्रकारको संगठन नबनाउन गरिएको आग्रहलाई अस्वीकार गरिएको भन्दै खनालले सचिवालको बैठकमा आफू सहभागी नहुने बताएका थिए ।
मोरङतिर घर भएका सचिवालय सदस्यका अनुसार बबरमहलमा खनालद्वयले बाबुरामलाई चेतावनी मात्रै दिएनन् यस्तै गतिविधि जारी रहे नयाँ शक्तिको समानान्तर सङ्गठन नै चलाउने धम्की समेत दिए । आजको जनआह्वान साप्ताहिकमा खबर छ ।

You Might Also Like

0 comments