नेपाललाई दोस्रो झट्का, उपकप्तान ज्ञानेन्द्र मल्ल २२ रनमा आउट

2:34 AM

काठमाडौं, ६ चैत । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत कीर्तिपुर मैदानमा भइरहेको दोस्रो खेलमा नामिबियाविरुद्ध नेपालले व्याटिङ गरिरहेको छ ।
कीर्तिपुर मैदानमा नामिबियाले दिएको २४० रनको विशाल लक्ष्यलाई पछ्याइरहेको नेपालले १३ औं ओभरको खेलमा दोस्रो महत्वपूर्ण विकेट गुमाएको छ ।
नेपालका उपकप्तान ज्ञानेन्द्र मल्ल २२ रन बनाएर आउट भएका छन् । उनको स्थानमा आएका कप्तान पारस खड्काले सुरुमै चौका र छक्का हानेका छन् ।
पहिलो विकेटका रुपमा नेपालले नरेश बुढाऐरलाई ६ रनमा गुमाएको थियो ।
अहिले क्रिजमा कप्तान पारस र शरद भेषवाकर खेल्दैछन् । छन् ।
Gyanendra_Malla

You Might Also Like

0 comments