काठमाडौं केन्द्रीत आन्दोलनको कार्यक्रम ल्याउन बैठक जारी
3:04 AM![]()
![]() |
काटमाठौंस्थित संघीय समाजवादी फोरम नेपालको पार्टी कार्यालयमा जारी बैठकले आउँदो महिना गरिने काठमाडौं केन्द्रीत आन्दोलनका कार्यक्रम तय गरिने नेताहरुले जानकारी दिएका छन् ।
जनजाति संगठनहरु र मधेश आन्दोलन गरेका सातवटा तराई केन्द्रित दलसहित १७ वटा दल सम्मिलित संघीय गठबन्धनको जारी बैठकले आन्दोलनको स्वरुप, आन्दोलनको माग, वार्तामा अपनाउन सकिने लचकता लगायतका विषयमा निर्णय गर्ने ती दलका नेताहरुको भनाइ छ ।
सो गठबन्धनले सोमबार वर्तमान संविधान पुनर्लेखन वा परिवर्तन गर्न माग गर्दै २६ बुँदे साझा अवधारणापत्र सार्वजनिक गरेको थियो । उक्त अवधारणापत्रमा तराई मधेशमा दुईसहित पहिचान एवं सामर्थ्यको आधारमा स्वायत्त प्रदेश निर्माणको माग एक नम्बरमा राखिएको छ। साझा अवधारणापत्रमा राजनीतिकका साथै आर्थिक, समावेशी लगायतका बुँदा समेटिएको छ ।
बैशाखमा जनजागरण कार्यक्रम गरिने र जेठ लागेसँगै तराई–पहाड–हिमालका नागरिकलाई सडकमा उतारेर निर्णायक आन्दोलन गर्ने ती दलहरुको दावी छ
![]() |

0 comments