नेपाल विजयी, नामिविया ५ विकेटले पराजितनेपाल विजयी, नामिविया ५ विकेटले पराजित
4:31 AM![]()
![]() |
काठमाडौंको त्रिवि क्रिकेट मैदानमा शनिबार भएको खेलमा नामिवियाले दिएको १९६ रनको लक्ष्य नेपालले ५ विकेट बाँकी रहँदा भेट्टाएको हो । नामिवियाले दिएको लक्ष्य पछ्याउने क्रममा नेपालले ४७.१ ओभरमा ५ विकेट गुमाएर १९७ रन जोडेको हो ।
नेपालको जीतका लागि शरद भेस्वाकरले अर्धशतक प्रहार गरे । उनले ९९ बलमा ३ चौकाको मद्दतले ५० रन जोडेका हुन् । यस्तै शनिबार भएको खेल जिताउन महत्वपूर्ण भूमिका निभाएका विनोद भण्डारीले ४९ बलमा एक चौका र ३ छक्काको सहयोगमा ४० रनको योगदान गरेका थिए । भण्डारी र भेस्वाकर अविजित रहेका थिए ।यस्तै कप्तान पारस खड्काले ३२ बलमा एक छक्का र दुई चौकाको मद्दतमा २१, उपकप्तान ज्ञानेन्द्र मलले ४० बलमा १–१ चौका र छक्काको मद्दतमा २१, नरेश बढाएरले ३० बलमा एक छक्काको सहयोगमा १६, राजु रिजालले ११ बलमा ६ रन र राजेश पुलामीले २२ बलमा एक चौकाको मद्दतमा ९ रन जोडेका थिए ।
यसअघि टस जितेर व्याटिङ गरेको नामिवियाले पूरा ५० ओभर खेल्दै ९ विकेटको क्षतिमा १९५ रन जोडेको थियो । नामिबियाका एसएफ बर्गरले ७६ बलमा सर्वाधिक ३८ रन बनाए भने, जेजे स्मिथले २२ बलमा २६, एचएन या फ्रान्सले २६, गरेहार्ड इरासमसले २५, गेरी स्यामानले २३, कप्तान स्टेफन ब्राडले १८ रन जोडेका थिए । यसैगरी जेन ग्रिनले १४, जेपी कोट्जर जोभागोेले २–२ रन जोडेका थिए ।
नामिवियालाई सस्तैमा समेट्ने क्रममा नेपालका वसन्त रेग्मीले ३, सन्दिप लामिछानेले १, सोमपाल कामीले २ र कप्तान पारस खड्काले १ विकेट लिएका थिए । यस्तै रन आउटमा नेपालले २ विकेट लिएको थियो ।
लिगको अन्तर्गतको अर्काे खेल नेपालले आउँदो शुक्रबार फेरि नामिवियासँगै खेल्नेछ
![]() |

0 comments