प्रहरीको सक्रियतामा सुन्दर बन्दै फिदिम
9:32 PM![]()
![]() |
जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख रहेका प्रहरी उपरिक्षक कोइरालाले जिल्ला सदरमुकाम फिदिमलाई सुन्दर र सफा बनाउने अभियान सुरु गर्नुभएको छ ।
हरेक शनिबार स्थानीयसँग सहकार्य गरेर प्रहरीले सदरमुकाम सरसफाइ गर्दै आएको छ । फिदिमनगर सरसफाइ अभियानको ४ वैशाखमा आठ हप्ता पूरा भएको छ ।
जिल्ला प्रहरी कार्यालय पाँचथरको अग्रसरता र फिदिम नगरपालिकाको सहयोग तथा विभिन्न सङ्घसंस्था र सर्वसाधारणको सहभागितामा फिदिम नगर क्षेत्रमा हरेक शनिबार बिहान ७ बजेदेखि ९ बजेसम्म अभियानको सरसफाइ हुँदै आएको छ ।
फिदिम नगरभित्रका सबै क्षेत्रमा पालैपालो क्रमशः स्थान छनोट गरी सोही स्थानका स्थानीय समेतलाई सहभागी गराई सरसफाइ गर्ने उद्देश्यअनुसार सो अभियान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ i
![]() |

0 comments