अत्याधिक वर्षापछि अमेरिकामा आपत्तकालीन घोषणा, ५ को मृत्यु

1:57 AM

अत्याधिक वर्षा भएपछि आपत्तकालीन घोषणा गरिएको अमेरिकाको टेक्सास राज्यको हस्टनमा ५ जनाले ज्यान गुमाएका छन् । 
हस्टनमा सोमबार अत्याधिक वर्षपछि आएको बाढीमा परि ५ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । 
सोमबार मात्रै ४४.७ सेमि पानी परेर नयाँ रेकर्ड कायम गरेपछि टेक्सास राज्यका गभर्नर ग्रेग अब्बोटले हस्टनमा आपत्तकाल घोषणा गरेका हुन् । बाढीका कारण हस्टनमा १२ सय जनाको उद्धार गरिएको छ भने सो क्षेत्रमा विद्युत आपूर्ति रोकिएको छ । एक हजार घर डुबानमा परेका बीबीसीले उल्लेख गरेको छ । वर्षापछि आएको बाढीका कारण ७० हजार व्यक्ति प्रभावित भएका छन् । 
हस्टनमा सोमबार अत्याधिक वर्षपछि आएको बाढीमा परि ५ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।
- See more at: http://medianp.com/2016/04/83849.html#sthash.TAZ5kpRr.ZQSkMbpj.dpuf

You Might Also Like

0 comments