खादा मात्रै होईन छालामा लगाउदा पनि फाइदै फाईदा छन् भातको माडका
9:34 PMछाला कसिलो बनाउछ :
भातको माडले अनुहारमा लेपन लगाउदा अनुहार सफा र चम्किलो बनाउछ । यसमा सफा गर्ने विशेष तत्व हुने भएकोले फेस वास वा टोनरको रुपमा प्रयोग गर्न सकिन्छ । यसको नियमित प्रयोगले छाला कसिलो र जवान मानिसको जस्तै कलिलो र चम्किलो बनाउछ ।
भाइरल संक्रमण :
भाइरल संक्रमणको बेला वान्ता आउने तथा शरिरमा डिहाइड्रेसन हुने गर्छ । भातको माडले डिहाइड्रेसनबाट मात्र जोगाउदैन ज्वरो आउदा गुमाएको आवश्यक पोषण तत्वको समेत पूर्ती गरिदिन्छपखलाको औषधी :
बालबालिकामा लाग्ने पखला रोक्न भातको पानी निकै प्रभावकारी औषधी हो । यो पानीले बालबालिकाको पेट गढबढ हुने पक्रियालाई नियन्त्रण गरी आनन्द प्रदान गर्छ । पखला लाग्दा शरिरबाट अत्यधिक पानी जाने भएकोले भातको पानीले पूर्ती गरिदिन्छ ।
कब्जियतको समाधान :
भातको पानीमा हुने फाइबरले पेट दुख्ने र पाचनसँग सम्बन्धित अन्य समस्यालाई समाधान गरिदिन्छ । पेट डुम्म भयो वा शौच गर्न समस्या भएमा दैनिक एक गिलास भातको माड खाँदा कब्जियतबाट मुक्ति मिल्छ ।
स्वस्थ कपाल :
भातको पानीले कपालमा चमक ल्याउनुका साथै कपाल उम्रन सहयोग गर्छ । गर्मी मौसममा भातको पानीलाई शिरमा दल्दा टाउकोमा शितल अनुभूति हुन्छ र यसले कपाललाई पनि छिटो छिटो वृद्धि गराउछ । स्याम्पु दलेपछि कपालमा कन्डिसनर मसाज गरेजस्तै गरी भातको पानी प्रयोग गर्नुहोस, र केही मिनेटपछि चिसो पानीले सफा गर्नुहोस, कपाल मुलायम र चम्किलो हुन्छ ।
शितल स्नान :
भातको पानीमा मा एउटा स्वभाविक चिस्याउने तत्व हुने भएकोले सूर्यको प्रकाशले डढेको छालालाई चिस्याउन र जलन रोक्न भातको पानी प्रभावकारी उपाय हुन सक्छ । मलमलको कपडामा केही अर्धकल्च पाकेको चामल खन्याउनुहोस र आधा घन्टा नुहाउने पानीमा राख्नुहोस् । भातको पानीले नुहाएर स्वच्छ र स्फूर्तीलो हुनुहोस ।
दादुरा र विमिरा निको पार्छ :
भातको माडमा हुने कार्बोहाइड्रेडले दादुरा र शरिरमा आउने बिमिरा र घाउ निको पार्न सहयोग पु¥याउछ । चिस्याएको भातको माडमा एउटा कटनको टुक्रा भिजाएर लगाउदा शरिरका विमिरा र दादुरालाई निको पार्छ । आगोले पोलेको छालामा चिस्याको भातको माडाले पनि शरिरलाई शितलता प्रदान गर्छ ।
0 comments