आफ्ना दुइ सन्तान गुमाएका माइला बा को पिडा

7:01 PM

टेलिभिजनको पर्दामा दुनियाँलाई पेट मिचीमिची हसाउने बुटवलका हाँस्य कलाकार विष्णु पाण्डे ‘माइलाबा’ अहिले आफै धुरुधुरु रोएका छन् । रोग, शोक र भोकमा परेकालाई समेत बिर्साउने कलाकार शोकमा डुबेका छन् । २ दिनको अन्तरमा २ छोरा गुमाउदाको पीडा सहन नसक्दा बेहोस सरह बनेका छन् । निसन्तान बनेका उनलाई सम्झाउन आफन्तले समेत शब्द भेट्ाएका छैनन् । सञ्चारकर्मी तथा चर्चीत हास्य कलाकार पाण्डे ले दुवै सन्तान गुमाएका हुन् । २ वर्ष ९ महिनाका जेठा छोरा स्वविसनको चैत २० गते मृत्यु भयो भने त्यसको एकदिनपछि आइतबार कान्छा छोरा किरणलाई समेत उनले गुमाएका छन् ।छिमेकीको घरमा खेल्न गएका जेठा छोरा स्वविसन तातो दुधमा परेर एक साताअघि गम्भीर घाइते भएका थिए । घाटीमुनिको सबै भाग जलेर क्षतविक्षत भएका उनलाई उपचारकालागि बुटवल हुदै कान्ति बाल अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको थियो ।उनको काठमाडौंकै पशुपति आर्यघाटमा दाहसंस्कार गरीएको थियो । आमाबाबु दाजुको उपचारमा तल्लीन हुदा ६ महिने नवजातशिशु किरण विरामी परे । उनी २ दिन यता ज्वरो र पखलाले सिकीस्त थिए । जेठो छोरोको दाहसस्कारपछि बुटवल र्फकदै गर्दा कान्छा किरणको बाटैमा अर्थात नवलपरासीमा मृत्यु भएको थियो । दुवै छोरा गुमाएपछि बेहाल बनेका उनलाई सम्हाल्न आफन्तलाई हम्मेहम्मे परेको छ।

You Might Also Like

0 comments