खेत खेतमा पुग्न कृषि पत्रकारलाई सुझाव

8:28 AM

कृषि पत्रकार समूह बाँकेले आज नयाँ वर्षको शुभकामना आदानप्रदान तथा परिचयात्मक कार्यक्रम गरेको छ । समूहले जिल्लामा रहेका सरोकारवाला सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिसंग परिचयात्मक कार्यक्रम गरेको हो । कार्यक्रममा सहभागि कृषिसँग सम्वन्धित कार्यालय प्रमुखहरुले कृषि क्षेत्रको समग्र विकासका लागि हातोमालो गरेर अघि बढ्न जरुरी रहेको वताए । उनीहरुले कृषि क्षेत्रको विकास गरे मात्र समग्र राष्ट्रको अर्थतन्त्रमा सुधार आउने भन्दै भन्दै त्यसका लागि पत्रकारहरुको भूमिका महत्वपूर्ण रहेको वताए । सहर र पहुँच क्षेत्रमा मात्र पुगेर कलम चलाउने भन्दा पनि कृषकका खेतखेतमा पुगेर कलम चलाउन उनीहरुको सुझाव छ । समूहका अध्यक्ष खगेन्द्र दाहालको अध्यक्षतामा भएको कार्यक्रममा क्षेत्रीय कृषि तालिम केन्द्र खजुराका प्रमुख एमनारायण देवकोटा, जिल्ला कृषि विकास कार्यालय बाँकेका प्रमुख कृष्णबहादुर बस्नेत, पशु सेवा कार्यालय बाँकेका प्रमुख वेदबहादुर केसी, क्षेत्रीय पशु तालिम केन्द्रका निमित्त प्रमुख डाक्टर इन्दिरा शर्मा, पत्रकार महासंघ बाँके शाखाका पूर्व सभापति निरज गौतमलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । समुहका उपाध्यक्ष अर्जुन ओलीले स्वागत मन्तव्य दिएको सो कार्यक्रमको सहजिकरण समुहका सचिव प्रियास्मृति ढकालले गर्नुभएको थियो ।

You Might Also Like

0 comments