पेट्रोल लुकाउने पम्प कारबाहीमा

8:29 PM

चितवन, ७ वैशाख – चितवनमा पेट्रोल सकियो भनेर लुकाउने दुईवटा पम्प कारबाहीमा परेका छन् ।

अन्य जिल्लामा पेट्रोल सहज भए पनि चितवनमा अझै सहज हुन नसकेपछि प्रहरीले सोमबार विभिन्न पम्पमा अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा भरतपुरमा रहेको अवतार पेट्रोल पम्पले उपभोक्तालाई भने सकियो भनेर लुकाइराखेको २२७ लिटर पेट्रोल बरामद गरेको चितवनका प्रहरी उपरीक्षक वसन्त कुँवरले जानकारी दिनुभयो ।

उहाँका अनुसार लुकाएको पाइएपछि पम्पका म्यानेजर अजय पावेलाई पक्राउ गरिएको र कालोबजारीअन्तर्गत कारबाही सुरु भएको छ ।

यस्तै, अर्काे शुभम् पेट्रोल पम्पले पनि ड्रममा ७५ लिटर पेट्रोल लुकाएको भेटिएपछि सञ्चालक एकजनालाई नियन्त्रणमा लिएर कारबाही थालिएको कुँवरले बताउनुभयो ।

जिल्लामा अझै पेट्रोल पर्याप्त नहुँदा घन्टौँ लाइनमा बसेर पनि उपभोक्ता तेल नै हाल्न नपाई फर्कने गरेका छ । जिल्लामा डिजेल भने सहजरुपमा पाइएको प्रहरीले जनाएको छ ।

जिल्लाको मागभन्दा बढी पेट्रोल आउँदा पनि सहज नभएको भन्दै प्रशासनले अनुगमन गर्न थालेको हो । मोटर र गाडीमा तेल हालेर कालोबजारी गर्ने गिरोह सक्रिय भएको स्थानीयले बताएका छन् ।

- See more at: http://etajakhabar.com/2016-04-19/2649/#sthash.79Lt6cda.dpuf

You Might Also Like

0 comments