साउदी अरबसँगको श्रम सम्झौता अन्योलमा
7:30 PM![]()
![]() |
श्रम सम्झौता नभए घरेलु कामदारका रुपमा नेपाली महिला साउदी जान पाउने, नपाउने विषय पनि अन्योल पर्नेछ। गत जेठमा ल्याइएको घरेलु कामदार सम्बन्धी निर्देशिकामा श्रम सम्झौता नगरी कुनै पनि मुलुकमा घरेलु कामदार पठाउन नपाइने उल्लेख छ।
श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता गोविन्दमणि भूर्तेलले साउदी अधिकारी नेपाली पक्षले राखेका तलब बृद्धि लगायतका माग पूरा गर्न सहमत भएपनि मुस्लिम कानुनअनुसार कामदारको मृत्यु वा अंगभंग हुँदा रोजगारदाताले विमाको रकम दिन नसकिने जानकारी गराएपछि श्रम सम्झौता गर्न अन्योल सिर्जना भएको बताए।
घरेलु काममा जाने कामदारलार्इ सुरुमा साउदी रोजगारदाता मासिक ८-९ सय रियाल पारिश्रमिक उपलब्ध गराउने पक्षमा भएपनि निरन्तर वार्तापछि मासिक पारिश्रमिक ११-१२ सय रियालसम्म दिन सहमत बनाएको थियो। आजको नागरिक दैनिकमा खबर छ।
![]() |

0 comments