म्यानपावर व्यवासायीमाथि निगरानी नगर्दा मानव तस्करी डरलाग्दो रुपमा बढ्यो’
2:41 AM![]()
![]() |
काठमाडौंमा मंगलबार भएको अन्तरक्रियामा ती अधिकारीहरुले वैदेशिक रोजगारीका नाममा मानव तस्करी डरलाग्दो रुपमा मौलाएको भन्दै चिन्ता व्यक्त गरेका हुन् । उनीहरुका अनुसार म्यानपावर व्यवसायीहरुमाथि निगरानी नहुँदा मानव तस्करी मौलाएको छ । श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगारमा घरेलु कामदार पठाउने सम्बन्धी निर्देशिकामाथि गरिएको अन्तरक्रियामा सहभागी भएका उनीहरुले म्यानपावर कम्पनीहरुमाथि नियमन र कारवाही नहुँदा मानव तस्करी मौलाएको जिकीर गरेका हुन् ।
म्यानपावर व्यवसायीमाथि पछिल्लो समय निगरानी र कारबाही प्रक्रिया अघि बढाएर चर्चामा आएका महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सर्वेन्द्र खनालले यस क्षेत्रमा भएका कानुन विपरीतका क्रियाकलाप र कारबाही प्रक्रियामा आइपर्ने समस्याका बारेमा जानकारी गराएका छन् ।
गुण्डागर्दी देखि दलालीतन्त्र चल्नसम्म नदिने एसएसपी खनालको चेतावनी
यता, महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयकी सहसचिव राधिका अर्यालले सरकारी निकायको फितलो अनुगमनको फाइदा उठाउँदै दलालहरुले गाउँगाउँका महिलालाई भेडाबाख्रा जसरी बेच्ने काम गरेको बताइन । अन्तरक्रियामा सहभागीहरुले अनुगमान प्रभावकारी नहुँदा दलालहरुले रोजगारीको नाममा नक्कली कागजात तयार पारेर विदेशमा बेचिरहेको तथा मानव तस्करी डरलाग्दो रुपमा मौलाइरहेको बताएका हुन् ।
उनीहरुले तस्करी नियन्त्रणका लागि कानूनमा कडा सजायको व्यवस्थासहित म्यानपावर कम्पनीहरुलाई कारवाहीको दायरामा ल्याइनुपर्ने र सरोकारवाला निकायको संयुक्त संयन्त्र बनाइनुपर्ने सुझाव दिए ।
![]() |

0 comments