तनहुँको शिशाघाटमा बीउ सङ्कलन केन्द्र निर्माण

12:26 AM

तनहुँ, ७ वैशाख । श्याम्घा गाविसस्थित शिशाघाटमा बीउ सङ्कलनका लागि भवन निर्माण कार्य थालिएको छ

तनहुँ, कास्की र लमजुङका कृषकलाई लक्ष गरी उक्त सङ्कलन केन्द्र निर्माण भइरहेको छ । केन्द्र निर्माण भए श्याम्घा गाविसका १, २, ३ र ४ वडा, कास्कीको सिद्ध गाविस तथा लमजुङको मध्यनेपाल नगरपालिकाका कृषक लाभान्वित हुनेछन् ।
गत वैशाखमा गएको भूकम्पका कारण बीउ नष्ट भएपछि सामथ्र्य नेपाल र डिएफआइडीको सहयोगमा करिब रु ३० लाखको लागतमा सङ्कलन केन्द्र निर्माण गर्न लागिएको भवन निर्माण समितिका संयोजक रामराज छिमालले जानकारी दिनुभयो ।तनहुँ, कास्की र लमजुङका कृषकलाई लक्ष गरी उक्त सङ्कलन केन्द्र निर्माण भइरहेको छ । केन्द्र निर्माण भए श्याम्घा गाविसका १, २, ३ र ४ वडा, कास्कीको सिद्ध गाविस तथा लमजुङको मध्यनेपाल नगरपालिकाका कृषक लाभान्वित हुनेछन् ।
गत वैशाखमा गएको भूकम्पका कारण बीउ नष्ट भएपछि सामथ्र्य नेपाल र डिएफआइडीको सहयोगमा करिब रु ३० लाखको लागतमा सङ्कलन केन्द्र निर्माण गर्न लागिएको भवन निर्माण समितिका संयोजक रामराज छिमालले जानकारी दिनुभयो ।

You Might Also Like

0 comments