सरकारले कालोबजारीलाई प्रोत्साहन गरेको !
5:46 AM![]()
![]() |
कालोबजारी र महङ्गी नियन्त्रण गर्न कुनै कसर बाँकी नराख्ने बताउँदै आएको सरकारलाई नियन्त्रण गर्नुको साटो प्रोत्साहन गरेको आरोप लागेको छ ।
प्रमुख विपक्षी दल नेपाली कांग्रेसको भातृसंगठन नेपाल तरुण दलका अध्यक्ष उदयशमशेर राणाले कालोबजारीलाई प्रोत्साहन गर्न सरकार लागि परेको आरोप लगाएका हुन् ।
तरुण दलको केन्द्रीय समितिका निर्णय सार्वजनिक गर्न बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष राणाले सरकारले कृत्रिम अभाव सिर्जना गरेर कालोबजारीलाई सघाइरहेको आरोप लगाएका हुन् ।
![]() |

0 comments